लुम्बिनी विकास बैंकले ११% ब्याज पाउने १ अर्बको ऋणपत्र जारी गर्दै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो ।

यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजरमा ऋणपत्र निष्कासन गर्नेछ ।