आदर्श लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, ईपीएस पुग्यो ३३ रुपैयाँ माथि

आदर्श लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, ईपीएस पुग्यो ३३ रुपैयाँ माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८८६ दशमलव १२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको नाफा पनि उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.४६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १२८.७३ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८४१.६० प्रतिशत र अन्य सञ्चालन आम्दानी ४७.२२ प्रतिशत बढेको छ ।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड २३ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा लघुवित्त सापटी ९.९० प्रतिशतले बढेको छ भने निक्षेप २२ दशमलव १४ प्रतिशत र कर्जा लागानी १९ दशमलव ८५ प्रतिशतले बढेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २८ रुपैयाँ ३१ पैसाबाट बढेर ३३ रुपैयाँ ३० पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ ।