बैंकिङ्ग समाचार, काठमाडौं ।
लैनचौरस्थित यस रेमिटको इजाजतपत्र रद्ध भएको छ । राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यस रेमिटको इजाजतपत्र रद्ध भएको जानकारी दिएको हो ।
विभागले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ-संस्थासँग लेनदेन रकम बाँकी भएको अवस्थामा ३५ दिनभित्र विभागमा लिखित रुपमा जानकारी दिन अनुरोध गरेको छ ।
तोकिएको समयमा लिखित जानकारी प्राप्त हुन नआए यस रेमिटको ग्यारेन्टीसमेत फुकुवा हुने विभागले जनाएको छ ।



About Us
प्रतिक्रिया