स्वरोजगार लघुवित्तको खुद नाफा ३१% बढ्यो, ईपीएस कती ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गत आर्थिक वर्षमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २० करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३१ दशमलव ३० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले रू. १५ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा ८६ दशमलव ३८ प्रतिशत बढेकाले खुद नाफा बढ्नमा सहयोग पुगेको हो । अघिल्लो आर्थिक वर्षमा रू. १३ करोड ८० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा रू. २५ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।

२५ प्रतिशत बोनस शेयर वितरण गरी रू. ५१ करोड ४० लाख ९९ हजार चुक्तापूँजी पुर्याएको कम्पनीको जगेडा कोष रकम ४७ दशमलव ७६ प्रतिशत बढी रू. २९ करोड ६० लाखभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ४७ प्रतिशत बढी रू. ३ अर्ब ५० करोडभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३२ प्रतिशत बढी रू. ७ अर्ब ३५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ दशमलव ६३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा २ दशमलव ३७ प्रतिशतमा झरेको छ । 

वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ४१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ५८ रहेको छ ।