महालक्ष्मी विकास बैंकको नाफा ४४% वृद्धि भई १ अर्ब नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६६ करोड नाफा कमाएको थियो भने यस अवधिमा ९५ करोड १९ लाख नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ५८ करोड ६१ लख रहेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुर्‍याएको छ भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा १ अर्ब ८२ करोड र रिटेण्ड अर्निङमा ५८ करोड ९३ लाख सञ्चित गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७५ पैसा रहेकोमा गत आर्थिक वर्षमा बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको हो । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ९३ गुणा, तरलता अनुपात २८ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ०९ पैसा रहेको हो ।