बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया