बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो ।
लघुवित्तले निष्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया