सूर्या लाइफको विशेष साधारणसभा सम्पन्न, ज्योति लाइफसँग मर्जरको प्रस्ताव पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफले विशेष साधारणसभा सम्पन्न गरेको छ । सभाले सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाइफ इन्सयोरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीले गत जेठ १२ गते ज्योति लाइफसँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । कम्पनीको बिहीबार बसेको विशेष साधरणसभा बैठकले सूर्या लाईफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । कम्पनीले होटल हैरिसन प्यालेस बजरंगबलीमार्ग विराटनगरमा सभा सम्पन्न गरेको हो  ।

सभामा कम्पनीका शेयरधनीहरु, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय सभाले अनुमोदन गरेको  कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई सभाले स्वीकृति गरेको छ  । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्का लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।