बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले १ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले २६.३५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ । हाल बैंकको चुक्ता पूँजी २४.५९ प्रतिशत बढेको छ भने जगेडा कोष २२.०६ प्रतिशत बढेको छ ।



About Us
प्रतिक्रिया