बैंकहरुमा अधिक तरलता, राष्ट्र बैंकले २० अर्ब माग्दा ३३ अर्ब मात्रै दिए 

बैंकहरुमा अधिक तरलता, राष्ट्र बैंकले २० अर्ब माग्दा ३३ अर्ब मात्रै दिए 


बैकिङ्ग समाचार ।
बैंकहरुसँग भएको अधिक तरलता (लगानी योग्य पूँजीको पर्याप्तता) व्यवस्थापन गर्न नेपाल राष्ट्र बैैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले ३३ अर्ब १० करोड रुपैयाँको आवेदन दिएका छन् ।

राष्ट्र बैंक ऋण व्यवस्थापन विभागका अनुसार २० अर्बको मागमा १५ वटा बैंक तथा वित्तीय संस्थाहरुले ८३ वटा आवेदन मार्फत ३३ अर्ब दश करोड रुपैयाँ राष्ट्र बैंकलाई दिन तयार भएका हुन ।

वित्तीय प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्यो 

बैंकहरुले गरेको गोप्य शिलबन्दीका आधारमा बुधबार रिर्भस रिपोकोे औषद व्याजदर १.२७७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ०.८७ प्रतिशतदेखि १.५० प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए।

लकडाउनका कारण आर्थिक क्रियाकलाप खुम्चिदा बैंकहरुमा अधिक तरलता कायम भएको छ। राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुमा ८४ अर्ब अधिक तरलता रहेको छ । यस अघि राष्ट्र बैंकले ०७६ पुस २४ गते दश अर्बको रिभर्स रिपो जारी गरेको थियो ।

राष्ट्र बैंकले बुधबार ७ दिनमा परिपक्व हुने गरी रिभर्स रिपो जारी गरेको हो। जुन असार ३ गते परिपक्क हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।

\"\"