बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सो अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी भने २२.२२ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।
प्रतिक्रिया