बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था हटाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन/परिमार्जन गर्दै उक्त व्यवस्था हटाएको हो । एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लाभांश बितरणमा यस अघि कायम प्रतिबन्ध फुकुवा गरेको छ । यस अघि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ देखि खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने ब्यबस्था गरेको थियो । राष्ट्र बैंकले उक्त नियम खारेज गरेको छ ।
यस संगै अब बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि बितरण गर्न सक्ने छन् ।



About Us
प्रतिक्रिया