बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.७८ प्रतिशत बढेर ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेर ७ अर्ब ३ करोड ८१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५१ करोड २ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेर ४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेर १ अर्ब २१ करोड ५० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत बढेर ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ७३.०२ प्रतिशत बढेर २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष ०.५१ प्रतिशत घटेर ९ अर्ब २९ करोड १० लाख रुपैयाँ, निक्षेप ५.८७ प्रतिशत बढेर १ खर्ब ९१ अर्ब ५५ करोड ६ लाख रुपैयाँ र कर्जा १२.७२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६.०४ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया