आशा लघुवित्तको संस्थापक शेयर विक्रीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ( साउन १७ गते) मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ककनी –६, नुवाकोटमा निवेदन दिनुपर्नेछ ।

उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम बाह्य खरीदकर्तालाई संस्थापक शेयर विक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।