हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा

हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई सचेत गराउदै शेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले पुनः शेयर दाखिला खारेज मिति तोकेर पठाउन निर्देशन दिदै कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले साउन १३ गते बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि नेप्सेले कारोबार बन्द गरेको थियो ।

कम्पनीले साउन १३ गते शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको थियो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन १९ गते बुकक्लोज गर्ने जनाएको छ । तर यसको सूचना १४ गते मात्रै दिएको थियो ।