कामना सेवा बैंकका ग्रहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले विशेष छुट प्रदान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा  ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न  होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ समेत लिने छन् भन्ने बैंकले विश्वास लिएको छ ।