गरिमा विकास बैंकको १६% बोनश तथा नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत

गरिमा विकास बैंकको १६% बोनश तथा नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकको बोनश शेयर आइतवार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६३ लाख १७ हजार ९२ बराबरको दशमलव ९६८१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

बैंकले गत चैत १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

यस्तै, नेपाल फाइनान्सको २३ लाख १९ हजार ७५८.०८८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले जेठ ६ गते देखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।