नेरुडे लघुवित्तद्वारा सुनसरीको चिमडीका विभिन्न सरकारी संस्थालाई डस्टबिन बितरण

नेरुडे लघुवित्तद्वारा सुनसरीको चिमडीका विभिन्न सरकारी संस्थालाई डस्टबिन बितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्थाले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

लघुवित्तले बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक विद्यालय चिमडीलाई गरी १७ थान डष्टबिन उपलब्ध गराएको हो ।

राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखा कार्यालय मार्फत १ लाख ६० हजार ग्रहाक परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

गत आ.व.२०७८/७९ मा मात्रै आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । जसमा ग्राहक सदस्यको मृत्यु भएकोमा ३४ लाख ६९ हजार, सदस्यको अभिभावकको मुत्यृ भएकोमा काजक्रिया खर्च ५६ लाख ५७ हजार ५ सय वितरण गरीसकेको छ ।