बैंकिङ्ग समाचार, काठमाडौं ।
खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ । राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो ।
खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।
उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको INSURANCE मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ ।
प्रयोगकर्ताले ५ हजार रूपैयाँमाथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो । यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्णरूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै सरल र प्रभावकारी बन्ने कुरामा हामी बिश्वस्त छौं ।”
प्रतिक्रिया