बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएको १० वर्ष पूरा भएको छ । साेहि अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकलाई लक्षित गरी केहि योजनाहरु ल्याएको छ ।
क्यापिटलले ल्याएकाे यस यी याेजनामध्ये डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण गर्ने ल्याएकाे छ ।
यसैगरी, १० रुपैयाँमा मार्केट एक्सपर्ट गर्ने र ब्यवस्थित लगानी योजना (Systematic Investment Plan) को धन्यवाद अफर लगानीकर्ताहरुमध्येबाट १० जना भाग्यशालीहरुलाई १० हजार रूपैयाँ बराबरको इकाई प्रदान गरिने र यो विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिनेछ ।
यस्तै एसआईपीमा (SIP) दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने बास्केट अफ ह्याप्पीनेस (basket of happiness) पनि याेजना अन्तर्गत छ ।
यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्मकोलागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।
आफ्नो १० वर्षे कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।
क्याप्टिल, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“ अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआईबीएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया