बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा खुद नाफा यस अवधिमा ५५ दशमलव ०८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ५ करोड १८ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ८ करोड ३३ लाख पुगेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ६२ दशमलव ११ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष २ करोड ८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३ करोड ३८ लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो ।
१२ करोड १६ लाख चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा २८ करोड ८ लाख रहेको छ । गत वर्ष कम्पनीले ९ करोड ८७ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेकाले खुद नाफामा बृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड १३ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १२ करोड १६ लाख ४१ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षको तुलनामा करिब २०० प्रतिशत बढेर २८ करोड ८ लाख रूपैयाँभन्दा बढी पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ५७ दशमलव २३ प्रतिशतले बढेर २१ करोड ९९ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको सापटी ४६२ दशमलव ८७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड पुगेको छ भने निक्षेप संकलन ५७ दशमलव ६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह १०५ दशमलव २१ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड पुगेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ९५ पैसा बढेर ६६ रुपैयाँ ४ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ ।
प्रतिक्रिया