नेपाल बैंकले ल्यायो ‘डबल धमाका मुद्दती खाता’ योजना, ६ वर्षमा मुद्दती रकम दुई गुणा पुग्ने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिठेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । कुनै व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ बर्ष ११ महिना १ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले नेपालभर २१९ शाखाहरु, १८९ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।