बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १५.४४ अंकले बढेर २ हजार १ सय २७ दशमलब ४२ विन्दुमा बन्द भएको छ ।
त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब १६ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
नेप्सेका अनुसार आज राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १७ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया