लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले गरे शपथ ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए. सम्मको शिक्षा हासिल गरि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्र्रे बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैंकिङ्ग क्षेत्रमा सेवा पुर्याए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आएका छन् ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।