एभरेष्ट बैंकको नाफा ४३% ले बढ्दा ईपीएस पनि उल्लेख्य बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड बढी

एभरेष्ट बैंकको नाफा ४३% ले बढ्दा ईपीएस पनि उल्लेख्य बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड बढी

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा एभरेष्ट बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनि ३ अर्ब ९५ करोडबाट बढेर ५ अर्ब ४२ करोड रुपैयाँ नाघेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १९.९१ रुपैयाँ रहेको यस्तो आम्दानी गत आर्थिक वर्षमा २७.०१ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड रूपैयाँभन्दा बढी छ भने प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ७.५ प्रतिशतले वृद्धि गरी १ खर्ब ७२ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी १४.१७ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, सीडी रेसियो ८६.०४ प्रतिशित रहेको छ भने निष्कृय कर्जा ०.२४ प्रतिशत रहेको छ ।