माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तरगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रु.७ लाख  रकम भुक्तानी गरेको हो । 

ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि बिभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्तरगत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई रु. ७ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु. ४०,००० सम्मको अस्पताल भर्ना खर्च र रु १०,००० सम्मको औषधी खर्च जस्ता सुविधाहरु  प्रदान गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेव प्रदान गर्दै आइरहेको ।