बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
उद्याेग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यसको आधारमा भोली बिहीबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सले विएचडिसी (BHDC) कारोबार संकेत प्रदान गरेको छ ।
प्रतिक्रिया