बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक र होटल बाराही हस्पिटालिटी एण्ड लिजरबीच सम्झौता भएको छ ।
बैंक र होटलबीच बैंकका सम्पुर्ण भिसा डेबिट/क्रेडिट कार्डवाहक ग्राहकलाई ग्रुपका होटल बाराही, बाराही जंगल लज तथा सारङकोट माउन्टेन लजमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटल बाराही हस्पिटालिटी एण्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार केसीले हस्ताक्षर गरेका छन् ।



About Us
प्रतिक्रिया