नबिल इन्भेष्टमेण्टले स्टार्टअप तथा व्यवसाय विस्तार गर्न चाहनेका लागि ल्यायो ‘पिच–नीक’ सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले उद्यमी बन्न चाहने (स्टार्टअप)  तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनिहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरुलाई छानी उक्त व्यवसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ ।

यसकासाथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि व्यावसायिक विचार र नवीन सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस् वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ । यो सेवा प्राय जसो सुरुवात (स्टार्टअप) र हुर्कने अवस्था ( सिड स्टेज)मा रहेका कम्पनीहरूका लागि आवश्यक हुन सक्छ । भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने कार्य गर्दछ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तिय संस्थाहरूमा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूँजीको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।

त्यस्तै प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी (व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यवसायीहरुको व्यावसाय संचालनकोलागि सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।

यसरी लगानीकर्ताहरु, उद्यमीहरु, तथा नयाँ व्यावसाय संचालन गर्न चाहने व्यवसायी र उद्यमीहरुले आफ्नो विचारहरु यस योजना अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन कम्पनीमा खडा गरिएको पिच–नीक डेस्कमा सम्पर्क गरी बिना कुनै शुल्क आफ्नो व्यवसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गरी आफुले सोचे अनुसारको व्यावसाय संचालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेको कम्पनीले विश्वास लिएको छ । महिनाको अन्तिम शुक्रबार कुनै कारणबस विदा परेमा लगत्तैको अर्को कार्यदिनमा यस कार्यक्रम सञ्चालन हुने नबिल ईन्भष्टमेण्टले जनाएको छ ।