नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा १४.८३% ले बृद्धि, ईपीएस २२.३२ रुपैँया हुदा वितरण योग्य नाफा कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.८३ प्रतिशत बढेर ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.३६ प्रतिशत बढेर ५ अर्ब ९४ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ८ अर्ब २५ करोड ५ लाख रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेर १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३.८३ प्रतिशत बढेर १४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, निक्षेप ५.८७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ७७ करोड ८७ लाख रुपैयाँ र कर्जा ०.४१ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२१ रुपैयाँ रहेको छ ।