बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि सातै प्रदेशमा, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर, सिनियर मार्केटिङ अफिसरका लागि सातै प्रदेशमा, ट्रेनी डेभलपमेन्ट अफिसर, डेपुटि डेभलपमेन्ट अफिसर र डेभलपमेन्ट अफिसरका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको छ ।
कम्पनीले यी विभिन्न पदका लागि सातै प्रदेशका विभिन्न ब्रान्चमा मार्केटिङ डिपार्टका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन २५ भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । आवेदकले कम्पनीको ई-मेल [email protected] मार्फत आवेदन दिन सक्ने कम्पनलिे जनाएको छ ।
प्रतिक्रिया