बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ६२.२७ प्रतिशत बढेर २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेर ३ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असार मसान्तसम्ममा सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेर ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत बढेर ५ अर्ब ३५ करोड ४ लाख ३९ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशत बढेर ९३ करोड २७ लाख १९ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष १३.४० प्रतिशत बढेर ५ अर्ब ७६ करोड ३७ लाख १ हजार रुपैयाँ, निक्षेप ६.९२ प्रतिशत बढेर ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ र कर्जा २६.८६ प्रतिशत बढेर ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया