सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक अवस्था कमजोर भएका महिलाहरुको उपचारमा आर्थिक सहयोग गर्ने सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख ८० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । 

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ वापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो । 

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौता पत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुराँगाईले हस्ताक्षर गरेका छन् ।