बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ‘मोको’ डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाट नै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नेछन् ।
यसका साथै ‘मोको’ डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १ हजार ५ सयभन्दा बढी मर्चेन्टहरुमा भिसा क्युआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।
प्रतिक्रिया