बैंकिङ्ग समाचार, काठमाडौं ।
राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा रू. १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट साउन ९ गते सेबोनबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड ६४ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५९ करोड पुग्नेछ ।
प्रतिक्रिया