बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘भिडियो केवाईसी’ सेवा सुरु गरेको छ । गैर-आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर ‘भिडियो केवाईसी’ गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् ।
ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । ‘भिडियो केवाईसी’ सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकहरुले अनलाइन खाता खोल्दा ‘भिडियो केवाईसी’ विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।
भीकेवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक १ करोड रुपैयाँसम्म खर्च (डेविट) गर्न सक्नेछन् ।
सानिमा बैंकको शाखा देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया