बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । सोमबार नेप्से ५४.४५ अंकले बढेर २ हजार १ सय ३२ दशमलब ९६ विन्दुमा बन्द भएको हो । आइतबार पनि नेप्से ६१.०५ अंकले बढेर २ हजार ७८ दशमलब ५१ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि उछाल आएको छ । आज नेप्सेमा ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ११ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ६ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया