बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपि इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभैसकेको पूँजी रू. १५ करोड २५ लाख रहेको छ । सर्वसाधारण्मा आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम हुनेछ ।
प्रतिक्रिया