मौद्रिक नीति आएपछि नेप्सेमा उछाल, कारोबार रकम पनि पुग्यो ३ अर्ब नजिक

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबारमा उल्लेख्य वृद्धि भएको छ । चालू आवको मौद्रिक नीतिले शेयर लगानीकर्ताहरुले विरोध गर्दै आएका कुराहरुको केहि परिमार्जन गरेपछि नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।

आइतबार नेप्से ६१.०५ अंकले बढेर २ हजार ७८ दशमलब ५१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज नेप्सेमा २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबार भएका कम्पनीमध्ये १७९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये १० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, रिभर फल्स पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज एनएमबी डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ३९ करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।