प्रभु बैंकले कमायो २ अर्ब ६० करोड खुद नाफा, अघिल्लो आवको तुलनामा ५१ प्रतिशतले बढ्यो नाफा

प्रभु बैंकले कमायो २ अर्ब ६० करोड खुद नाफा, अघिल्लो आवको तुलनामा ५१ प्रतिशतले बढ्यो नाफा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु बैंकको नाफा ५१.११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ७२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेर ६ अर्ब १८ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ४७.७५ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी गत आवको असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी रू.१२ अर्ब ७० करोड रहेको छ भने जगेडा कोषमा  रू. ५ अर्ब ५५ करोड सञ्चित रहेको छ । अघिल्लो आवको असार मसान्तसम्म उक्त कोषमा ४ अर्ब १६ करोड थियो । एक वर्षको अन्तरालमा जगेडा कोषको रकम ३३ दशमलव ४४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकको खराव कर्जा १ दशमलव २० प्रतिशत रहेको छ । अघिल्लो आवमा बैकको खराव कर्जा १ दशमलव ६८ प्रतिशत थियो ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।