बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंकले चौथो त्रैमासमा आफ्नो नाफामा झिनो सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुशार १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले यो अवधिमा १.७६ प्रतिशतले नाफामा वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असारमसान्तसम्म बैंकले खुद ब्याज आम्दानी बापत ४ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १८ दशमलव २७ प्रतिशत बढेको हो । त्यस्तै कुल सञ्चालन आम्दानी ८ दशमलव १७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २ दशमलव १७ प्रतिशत बढेको छ ।
असार मसान्तसम्म बैंकले कुल सञ्चालन आम्दानी बापत ५ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ भने २ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा मार्फत आर्जन भएको छ ।
बैंकको चुक्तापूँजी ८ प्रतिशत बढेको छ । हाल बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४ दशमलव ३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया