बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार अब शेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिने छ । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने ब्यबस्था भने खारेज भएको छ ।
त्यस्तै उनले अब शेयर कर्जा बिस्तारै ब्रोकर मार्फत हुने ब्यबस्था गरिने बताएका छन् ।
प्रतिक्रिया