बैंकिङ्ग समाचार, काठमाडौं ।
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार १३ गते सम्पन्न विशेष साधारणसभाबाट पारित भएबमोजिम साउन ४ गतेसम्म कायम साविक संस्थापक शेयरधनिहरुका लागि हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।
कम्पनीले शेयर धनीहरुका लागि १०० शेयर बराबर १८ (१००:१८) को अनुपातमा प्रतिशेयर मूल्य १०० अंकितका दरले ५ लाख ५८ हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्न लागिएको हो ।
उक्त हकप्रद शेयरमा २०७९ साउन २० गतेदेखि २०७९ भदौ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया