बैंकिङ्ग समाचार, काठमाडौं ।
केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पाँचौं कारोबार दिन आज बिहिबार सामाय अंकले करेक्सन आएको छ । आज नेप्से ५.८७ अंकले घटेर २ हजार ४४ दशमलब ७२ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.८९ अंकले बढेर २ हजार ५० दशमलब ५९ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्य ३.१६ प्रतिशतले बढेर प्रतिकित्ता ३२६ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १७ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया