नेशनल माइक्रोफाइनान्सको १२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने

नेशनल माइक्रोफाइनान्सको १२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ७९७ कित्ता संस्थापक शेयर साउन ५ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले तीन जना सदस्यहरूको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक सदस्यहरूमा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न सकिने गरी विक्रीमा ल्याएको हो ।  

यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी सातदिनभित्र निवेदन पेश गर्न कम्पनीले भनेको छ । निवेदन कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गमा पेश गर्नुपर्नेछ । यस अघि कम्पनीले विद्यमान संस्थापकहरूले मात्र खरीद गर्न पाउने गरी जेठ १९ गते ३५ दिने सचुना जारी गरेको थियो ।