नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.८९ अंकले बढेर २ हजार ५० दशमलब ५९ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १६.२० अंकले बढेर २ हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ५.६९ प्रतिशतले बढेर प्रतिकित्ता २६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज लक्ष्मी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १६ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।