सगरमाथा जलविद्युतको दोस्रो वार्षिक साधारणसभा साउन २५ गते बस्ने, १०% नगद लाभांश प्रस्ताव पारित गर्ने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा जलविद्युत कम्पनीको दोस्रो वार्षिक साधारणसभा साउन २५ गते हुने भएको छ । साउन २ गते बसेको बैठको निर्णय अनुसार सभा  सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९:३० बजे हुने कम्पनीले जानकारी गराएको हो । 

उक्त सभामा कम्पनीले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आ.व  २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने जस्ता छलफलहरु पारित गर्नुका साथै अन्य छलफलहरु रहेका छन् ।