माई खोला हाइड्रोपावरले बोलायो दोस्रो वार्षिक साधारणसभा, १०% नगद लाभांश पारित गर्ने

माई खोला हाइड्रोपावरले बोलायो दोस्रो वार्षिक साधारणसभा, १०% नगद लाभांश पारित गर्ने


बैकिङ्ग समाचार, काठमाडौं ।
माई खोला हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष (आ.व.) २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश पारित गर्न दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । साउन २ गते सम्पन्न संचालक समिति बैठकको निर्णय अनुसार सभा कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ११:३० बजे बोलाएको हो । 

उक्त सभामा आ.व.२०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद पव्राह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आ.व.२०७९/८० को लागि लेखापरिक्षक  नियुक्ती गरी निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु हुने कम्पनीले जानकारी गराएको छ ।