आरएसडिसी लघुवित्तको नाफा साढे ४८ प्रतिशतले बढ्दा ईपीएस पनि बढ्यो

आरएसडिसी लघुवित्तको नाफा साढे ४८ प्रतिशतले बढ्दा ईपीएस पनि बढ्यो


बैकिङ्ग समाचार, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (आव) २०७८/७९को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा र ईपीएस दुबै बढेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८ दशमलव ४५ प्रतिशतले वृद्धि भई रू. १३ करोड ५२ लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. ९ करोड १० लाख नाफा कमाएको थियो ।

गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४६.३६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशत बढेको छ र सञ्चालन नाफा ४९.६५ प्रतिशत वृद्धि भएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी २३ करोड ८२ लाख पुगेको छ भने संचालन नाफा १९ करोड ३१ लाख पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १२ रुपैयाँ ४४ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ ३५ पैसा बढेर १६ रुपैयाँ ७९ पैसा पुगेको छ । असार मसान्तमा कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ ।

त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ९ करोड ५० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा रू.१० करोड ५८ लाख रुपैयाँ रहेको छ ।

\"\"