जङ्गी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाण्डौमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

नेपालभर २१९ शाखाहरु, १८२ ए.टि.एम. साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको जनाएको छ ।